तपाईँ सुन्दै हुनुहुन्छः

सिबिआईले लालु यादवका अनियमितताको खोजबिन थाल्यो

पटना। केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) ले राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसादविरुद्ध ‘रोजगारीका लागि जग्गा’ घोटालाका सम्बन्धमा नयाँ मुद्दा दर्ता गरेको छ ।  शुक्रबार बिहान बिहारका पूर्व मुख्यमन्त्री, छोरी मीसा भारती र उहाँसँग सम्बन्धित १७ स्थानमा खोजी थालेको छ । 

खोजबिनबारे सिबिआई टोलीले टिप्पणी गर्न अस्वीकार गरे पनि यस मामिलामा जानकारहरूले पटना र गोपालगञ्जका विभिन्न स्थानहरूमा खोजी भइरहेको र त्यो लालुप्रसादले  सन् २००४ र २००९ रेलमन्त्री रहेका बेला रोजगारीका लागि जग्गामा गरेका अनियमितासँग सम्बन्धित रहेको बताएका छन् । 

शुक्रबार बिहान ७ बजेदेखि खोजी सुरु भएको र सिबिआईको टोली राबडीदेवीको निवासमा पुग्दा लालुकी पत्नी राबडी देवी, उनका विधायक छोरा तेजप्रताप र छोरी मीसा भारती उपस्थित थिए ।  टोलीले गोपालगञ्जस्थित लालुप्रसादको जन्म गाउँ फुलवारियामा पनि खोजी गरेको थियो । लालुका कान्छा छोरा तथा विपक्षी दलका नेता तेजस्वी यादव हाल लण्डनमा छन् ।

सिबिआईले खोजीबिन थालेको खबर फैलिएपछि  ठूलो सङ्ख्यामा जनता दलका समर्थकहरू राबडीको निवास बाहिर भेला भएर भाजपा र केन्द्रीय अनुसन्धान ब्युरोविरुद्ध नारा लगाएका थिए ।पिटिआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button