तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुराका नवनिर्वाचित पालिका प्रमुखहरूद्वारा शपथग्रहण 

डडेलधुरा । डडेलधुराका ७ ओटै स्थानीय तहमा निर्वाचित भएका पालिका प्रमुखहरूले आज शपथग्रहण लिनु भएको छ ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुरामा जिल्ला न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पङ्गेनीले नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्षहरूलाई शपथ ग्रहण गराउनु भएको हो । नगरपालिकाका उपप्रमुख, गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरूले पालिकामै शपथ ग्रहण गर्नेछन् ।  

डडेलधुराको पाँच पालिका प्रमुखमा नेपाली कांग्रेस र दुई पालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।  

अमरगढी नगरपालिकामा निर्वाचित उम्मेदवारहरूलाई प्रमाण पत्र वितरण गरिएको मुख्य निर्वाचन अधिकृत पङ्गेनीले जानकारी दिनुभयो । 

आफ्नो पालिकाको निर्वाचन परिणाम आएको ७ दिनभित्र अध्यक्ष तथा प्रमुखले कार्यभार सम्हाल्नुअघि सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिनुपर्ने कानुनी व्यवस्था छ । सात वटै स्थानीय तहका प्रमुखहरूले शपथ लिएर आजै पदभार ग्रहण गर्नुभएको छ ।  

अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले पदभार ग्रहण गर्दे उपप्रमुख र वडा अध्यक्ष र सदस्यहरूलाई शपथ खुवाउनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button