तपाईँ सुन्दै हुनुहुन्छः

महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज : युगान्डाद्वारा नेपाल पराजित

काठमाडौँ । पाहुना टोली युगान्डाले नेपालविरुद्धको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ ।  

टियु क्रिकेट मैदानमा बिहीबार तेस्रो टी–ट्वान्टीमा नेपाललाई ६ विकेटले हराउँदै युगान्डाले दुई खेल अगावै सिरिज जितेको हो । यस जितसँगै युगान्डाले ५ खेलको सिरिजमा ३–० को अग्रता बनाएको छ । नेपालले दिएको १ सय रनको लक्ष्य युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

युगान्डाको जितमा केभिन विनोले अविजित रहँदै ४२ रन जोडिन् । यस्तै जेनेट बाबाजीले २७ रन जोडिन् । नेपालकी कविता कुँवरले २ विकेट लिइन् । रुबिना क्षेत्री र इन्दु वर्माले १/१ विकेट लिइन् । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन जोडिन् ।

यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन जोडिन् । सिता राना मगर १२ रनमा आउट भइन् । बिन्दु रावल ४, रोमा थापा र डोली भट्टले समान ३/३ रन जोडिन । इन्दु वर्मा १ रनमा आउट हुँदा सरिता मगर र कविता कुँवर शून्य रनमा आउट भइन् । सबनम राई १ रनमा अविजित रहिन् ।

युगान्डाकी फियोना कुलुमी, कुन्सी वेको र सराह एकीटेङले २/२ विकेट लिए । पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग भोलि शुक्रवार चौथो र शनिबार अन्तिम टी–ट्वान्टी खेल्न खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button