तपाईँ सुन्दै हुनुहुन्छः

गढी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षमा नेकपा एमाले विजयी

सुनसरी । सुनसरीको सुनसरीको गढी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी हुनुभएको छ । 

नेकपा एमालेको तर्फबाट अध्यक्ष पदमा आश नारायण चौधरी र उपाध्यक्ष पदमा अनिता कुमारी साह भारी मतले विजयी हुनुभएको हो ।   

नेकपा  एमालेका उम्मेदवार आश नारायण चौधरीले ८ हजार ९ सय १ मत र उपाध्यक्ष अनिता कुमारी साहले ७ हजार ८ सय १५ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

नेकपा एमालेका तर्फबाट पालिकाको अध्यक्ष पदमा विजयी हुनुभएका आश नारायण चौधरीको  प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश दत्तले ५ हजार ३ सय ५० मत प्राप्त गर्नुभयो । त्यसैगरी नेकपा एमालेकी नेतृ अनिता कुमारी साहको प्रतिद्वन्द्वी नेपाली कांग्रेसकाकी राज कुमारी चौधरीले ५ हजार ८ सय ३८ मत प्राप्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button