तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतको भेरीगंगामा गठबन्धनलाई हराउँदै एमाले विजयी

सुर्खेत । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमालेले प्रमुख तथा उपप्रमुख पदमा विजय हासिल गरेको छ । नेकपा एमालेका यज्ञप्रसाद ढकालले नेपाली काँग्रेसका रामबहादुर सिंहलाई २ सय २५ मत अन्तरले हराउँदै प्रमुख पदमा विजयी हासिल गर्नुभएको हो । जितका लागि ढकालले १० हजार २२ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामबहादुर सिंहले ९ हजार ७ सय ९७ मत प्राप्त गर्नु भएको भेरीगंगाका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिनु भयो ।

उपप्रमुख पदमा समेत नेकपा एमालेका धनसरा बोहराले ७ सय १ मत अन्तरले नेकपा माओवादीका उम्मेदवार नन्दबहादुर कार्कीलाई हराउँदै विजयी हासिल गर्नुभएको उहाँले बताउनु भयो । उहाँका अनुसार बोहराले ९ हजार ६ सय १४ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कार्कीले ८ हजार ९ सय १३ मत प्राप्त गर्नु भएको छ । भेरीगंगामा कुल १३ वटा वडा मध्ये नेपाली काँग्रेसले ७ वटामा विजयी हात पारेको छ भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ३÷३ वटा वडा जित्न सफल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button