तपाईँ सुन्दै हुनुहुन्छः

बाबुरामको गृहनगरमा माओवादी केन्द्रको जित

गोरखा । स्थानीय तहको निर्वाचन २०७९ मा पालुङटार नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

माओवादी केन्द्रबाट उम्मेदवार रहुनभएका विवस चिन्तन ६०७५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका प्रेम बहादुर गुरुङले ५७१७ मत प्राप्त गर्नुभएको छ । यसैगरी यस अघि मेयर रहनुभएका नेपाली काँग्रेसबाट उम्मेदवार दिपक बाबु कँडेलले ४९९७ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका हरी भट्टले ९४१ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट बन्दना पाण्डे ५५७९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी चेत कुमारी श्रेष्ठले ५०७७ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेबाट उम्मेदवार रहनुभएकी पार्वती देवी पाठकले ४२८१ मत प्राप्त गर्नुभएको छ ।

२०७४ को निर्वाचनमा पालुङटार नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रमुख र नेकपा माओवादी केन्द्र उपप्रमुखमा विजयी हुनुभएको थियो । पालुङटार पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइको गृहनगर हो । उक्त पालिकामा आफ्नो पार्टी जनता समाजवादीलाइ विजयी गराउन महिनादिन देखि घरदैलो अभियानमा सरिक हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button