तपाईँ सुन्दै हुनुहुन्छः

बलान विहुल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा जनमतको जित

राजविराज । सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनमत पार्टीले जित हासिल गरेको छ । जनमतबाट अध्यक्षमा खेमचन्द्र यादव र उपाध्यक्षमा रेणु यादव निर्वाचित भएका छन् ।

खेमचन्द्रले २ हजार ९९४ मत र रेणुले २ हजार ६९० मत निर्वाचित भएका हुन् । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी कांग्रेसका नवीनकुमार झाले २ हजार २४७ मत प्राप्त गरे । उपाध्यक्षमा रेणुले २ हजार ६९० मत ल्याएर निर्वाचित भएकी छिन् । उपाध्यक्ष पदका निकटतम प्रतिस्पर्धी कांग्रेसकै आशदेवी मण्डलले २ हजार ३०४ मत प्राप्त गरिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button