तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको विहादीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

पर्वत। पर्वतको विहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका परविन गुरुङ निर्वाचित हुनुभएको छ ।

गुरुङ ३ हजार ४६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले एमालेका ओम कुँवरलाई ५३२ मतान्तरले पराजित गर्नुभएको हो । कुँवरले २ हजार ९३७ मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा एमालेकी मीना तिवारी निर्वाचित हुनुभएको छ । तिवारीले ३ हजार २२७ मत ल्याएर विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सन्तबहादुर गुरुङले ३ हजार ५० मत ल्याउनुभयो ।

यहाँ ६ वडामध्ये ३ वटामा एमाले, २ मा कांग्रेस र एउटामा माओवादी केन्द्र विजयी भएको छ । वडा नं १, ३ र ५ मा एमाले, वडा नं २ र ४ मा काँग्रेस तथा वडा नं ६ मा माओवादी केन्द्र विजयी भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button