तपाईँ सुन्दै हुनुहुन्छः

आगामी केही महिनामा विश्वभर चरम खाद्य अभाव हुने राष्ट्र संघको चेतावनी

न्यूयोर्क । संयुक्त राष्ट्र संघले रुस युक्रेन युद्धका कारण आगामी केही महिनामा विश्वभर चरम खाद्य अभाव हुने चेतावनी दिएको छ ।

राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले रुस युक्रेन युद्धका कारण खाद्य सामाग्रीको अत्याधिक मूल्य वृद्धी भएको र त्यस कारण गरिब राष्ट्रहरुमा खाद्य असुरक्षा बढेको बताउनु भएको छ ।

महासचिव गुटरेसले युक्रेनको खाद्य निर्यातलाई युद्ध पहिलेको अवस्थामा नलगे विश्वले धेरै वर्ष सम्म भोकमरीको सामना गर्नु पर्ने पनि बताउनु भयो ।

युद्धका कारण युक्रेनका बन्दरगाहहरु बन्द रहेका छन् । युक्रेन गँहू , मकै र सुर्यमुखी फूलको तेलको मुख्य उत्पादक हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button