तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको कुश्मा नगरपालिकामा जोशी विजयी

 पर्वत।पर्वतको कुश्मा नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका रामचन्द्र जोशी विजयी हुनुभएको छ भने उपप्रमुखमा नेकपा एमालेका स्वस्थानी रिजाल विजयी हुनुभएको छ । 

नगरप्रमुख जोशीले ९ हजार ८ सय ६४ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गणेश शर्मा पौडेल ९ हजार ८९ मत ल्याउनुभयो । त्यसैसरि उपप्रमुखमा विजयी स्वस्थानी रिजालले ९ हजार ९२ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार शङ्कर गिरीले ८ हजार २ सय ८२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button