तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीका चार स्थानीय तहको मत परिमाण सार्वजनिक


गोदावरी।कैलालीका १३ स्थानीय तहमध्ये चारको मत परिमाण सार्वजनिक भएको छ । कैलालीको गोदावरी नगरपालिका, चुरे, बर्दगोरिया र मोहन्याल गाउँपालिकाको अन्तिम मत परिमाण सार्वजनिक भएको छ ।

गोदावरी नगरपालिकामा बहुमत वडासहित नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्र भट्ट निर्वाचित हुनुभएको छ । नगरप्रमुखमा कांग्रेसका भट्ट १५ हजार ५०१ मत ल्याएर निर्वाचित हुँदा उहाँका प्रतिद्वन्द्वी एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेकी शारदादेवी रोकाया विजयी हुनुभएको छ । उहाँले १० हजार ६७० मत ल्याउनुभयो । एकीकृत समाजवादीकी रत्ना कडायतले नौ हजार ९८३ मत प्राप्त गर्नुभयो ।

बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कर्णबहादुर कुँवरले पाँच हजार ८४२ मत ल्याई विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर कठरियाले चार हजार १८६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका गणेशराज गिरीले चार हजार ५६९ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेकी इन्दुकुमारी चौधरीले चार हजार २५५ मत प्राप्त गर्नुभयो ।

चुरे गाउँपालिका अध्यक्षमा एमालेका चक्र बोगटी तीन हजार ३०५ मत ल्याएर विजयी हुनुभयो । उपाध्यक्षमा नेपाली कांग्रेसकी धनदेवी थापाले तीन हजार ४४९ मत ल्याएर विजयी हुँदा उपाध्यक्षमा एमालेकी दीपा देवी साउदले तीन हजार १२१ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button