तपाईँ सुन्दै हुनुहुन्छः

गौरीशङ्करको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा कांग्रेस


चरीकोट।दोेलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा विश्वास कार्की र उपाध्यक्षमा श्यामसुन्दर तामाङ निर्वाचित हुनुभएको हो । उहाँहरुले एमालेका जङ्ग गुरुङ र मुना शिवाकोटीलाई पराजित गर्नुभएको हो । चार हजार ७५१ मतसहित कार्की निर्वाचित हुनुभएको हो । एमालेका गुरुङले तीन हजार ७५७ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा तामाङले चार हजार ७४१ मत प्राप्त गर्नुभएको छ भने प्रत्यासी शिवाकोटीले तीन हजार २८१ मत प्राप्त गर्नुभयो । नौ वडा रहेको गौरीशङ्करमा एमालेले वडा नं ५ मा मात्र वडाध्यक्ष जितेको छ । वडा नं ४, ६ र ९ मा कांग्रेस तथा वडा नं १, २, ३, ७ र ८ मा माओवादी केन्द्र विजयी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button