तपाईँ सुन्दै हुनुहुन्छः

पिपरा गाउँपालिका अध्यक्षमा जसपाका यादव विजयी

बर्दिबास । महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामजानकी यादव विजयी हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित यादवले ५ हजार ५८२ मत पाउनुभयो भने लोकतान्त्रिक समाजवादी पार्टीका अमित कुमार पाण्डेयले २ हजार ९७७ मत प्राप्त गर्नुभयो ।

यस्तै, उपाध्यक्षमा जसपाकै वन्दना पाण्डेय विजयी हुनुभएको छ । उहाँले ५ हजार ४० मत पाउनुभयो भने लोकतान्त्रिक समाजवादी पार्टीकी रविता कुमारीले ३ हजार ६२३ मत पाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button