तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटाका सातै तहको निर्वाचन परिणाम घोषणा

धनकुटा । धनकुटाका सातै तहको निर्वाचन परिणाम घोषणा भएको छ ।

आज सम्पन्न सहिदभुमि गाउँपालिकाको मतगणना अनुसार अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार मनोज राई ४,२१४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार जीतबहादुर राईलाई १८७ मतान्तरले पराजित गरेका हुन् ।

उपाध्यक्षमा नेकपा (एमाले)का रत्नश्वरी राईले ४ हजार ६ सय ७२ मत ल्याउँदै विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तोर्ण बहादुर खड्काले ३ हजार ३ सय ७१ मत प्राप्त गरेका छन् ।

यसअघि धनकुटाका ६ स्थानीय तहको निर्वाचन परिणाम घोषणा भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button