तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको महादेवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जितेको छ ।

अध्यक्षमा लोसपाका सुनिल मण्डल चार हजार ५७० मत ल्याएर निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दीपक कुमार यादवले दुई हजार २०५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा लोसपाकै अर्चना कुमारी यादव निर्वाचित भएकी छन् । उनले तीन हजार ८६७ मत ल्याएर निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सुष्माकुमारी मण्डल दुई हजार २५३ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button