तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लागण्डकीको मेयरमा काँग्रेसका कृष्णराज र उपमेयरमा माओवादीका खुमबहादुर विजयी

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्रमुख उपप्रमुखमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ ।

नगरप्रमुख (मेयर)मा नेपाली काँग्रेसका कृष्णराज पण्डित र उपप्रमुख (उपमेयर)मा नेकपा माओवादी केन्द्रका खुम बहादुर विक (राजु) विजयी हुनुभएको छ ।

मेयरमा विजयी पण्डितले १२ हजार २६३ मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका मुक्तिनाथ तिम्सिनाले ९ हजार ८४० मत पाउनुभयो ।

उपमेयरमा विजयी विकले १० हजार २६२ मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी फुलमाया वाग्लेले ९ हजार ९५७ मत पाउनुभएको छ ।

शुक्लागण्डकी नगरपालिकामा ३८ हजार ३१५ मतदाता रहेकोमा २५ हजार ९९७ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button