तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरको बेलका र चौदण्डी गढीको अन्तिम नतिजा सार्वजनिक

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा गठबन्धन तर्फको नेपाली काँग्रेसका अशोक कार्कीले निवर्तमान प्रमुख नेकपा एमालेका दुर्गाकुमार थापालाई पछि पार्दै प्रमुख पदमा विजयी हासिल गरेका छन् ।

कार्की १०,१२० मत प्राप्त गरी विजयी बनेका हुन् । निकटतम प्रतिद्वन्द्वी थापालाई ६,९८० मत प्राप्त भएको छ ।

उपप्रमुखमा नेकपा एमालेकी जिरा राईले ८,२७६ मतका साथ जीत हासिल गरेका छन् । गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का मनोज तामाङलाई ७८१ मतले पछि पार्दै एमालेकी राईले जीत हात पारेका हुन् ।

त्यसैगरि चौदण्डी गढी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले जीत निकालेको छ । प्रमुख पदमा कालुमान लामा र उपप्रमुखमा मणिकादेवी दुलाल विजयी भएका छन् । प्रमुखमा लामाले ८८६३ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खगेन्द्र राईले ८०१२ मत ल्याएका छन् ।

उपप्रमुखमा दुलाल ९५६६ मतका साथ विजयी बनेकी छिन् । निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रिताकुमारी चौधरीले ७७६० मत ल्याएकी छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button