तपाईँ सुन्दै हुनुहुन्छः

हालसम्म ४ सय ८७ पालिकाको अन्तिम परिणाम सार्वजनिक

फाइल तस्बिर

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ४ सय ८७ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले २ सय १९, नेकपा एमालेले १ सय ३७, नेकपा माओवादी केन्द्रले ९५, नेकपा एकीकृत समाजवादीले १४ र अन्यले २२ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय १०, नेकपा एमालेले १ सय ४३, नेकपा माओवादी केन्द्रले १ सय २, नेकपा एकीकृत समाजवादीले १६ र अन्यले १८ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ९१, नेकपा एमाले १ हजार ६ सय १८, नेकपा माओवादी केन्द्र ८ सय ८०, जनता समाजवादी पार्टी १ सय ७२ र अन्य ४ सय ३८ गरी ५ हजार १ सय ९९ जना विजयी हुनुभएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button