तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय कामदारले बर्षेनी १५ अर्बको हाराहारीमा रेमिटेन्स लग्दै

काठमाडौँ । नेपालको छाला तथा जुत्ता उद्योगमा काम गर्ने भारतीय कामदारले बर्षेनी १५ अर्बको हाराहारीमा रेमिटेन्स रकम भारत लाने गरेका छन् ।

नेपालमा सञ्चालनमा रहेका करिब १५ सयको हाराहारीका ठूला, मझौला तथा साना छाला, जुत्ता तथा चप्पल उद्योगहरूमा काम गर्ने भारतीय कामदारले बर्षेनी सो रकम भारत लैजाने गरेको फुटवेयर म्यानुयाक्चर एसोसिएसनले जनाएको छ ।

यस उद्योगमा काम गर्ने भारतीय कामदारहरूले मासिक न्यूनतम ४० हजार देखि सवा लाखसम्म कमाउने गरेका छन् ।

नेपालका छाला जुत्ताजन्य उद्योगमा मात्र ६० देखि ७० प्रतिशतको हाराहारीमा भारतीय कामदारहरूले काम गर्ने गरेका छन् । यस उद्योगमा नेपाली कामदारहरू ३० प्रतिशत मात्र रहेका छन् ।

यस उद्योगमा नेपाली कामदारको सङ्ख्या निकै कम छ । ३० देखि ४० हजार मासिक कमाइका लागि नेपाली युवाहरू रोजगारीका लागि खाडी मुलुक जाने गरेको नेपाल फुटवेयर म्यानुयाक्चर एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले बताउनुभयो ।

सरकारले यस क्षेत्रमा नेपाली युवाहरूलाई रोजगार बनाउने कार्यक्रम ल्याएमा आफूहरू सहयोग गर्न तयार रहेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button