तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार ओमप्रकाश मण्डल विजयी हुनुभएको छ । मण्डलले ४ हजार १४९ मत ल्याई निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उहाँको निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्रप्रसाद यादवले ३ हजार ८०७ मत ल्याउनु भयो । 

त्यसैगरी उपाध्यक्षमा भने एमालेकी रेखाकुमारी यादवलाई १२३ मत अन्तरले पराजित गर्दै जसपाकी रेणुदेवी मण्डल विजयी हुनुभयो । निर्वाचित मण्डलले ३ हजार ८३० मत ल्याउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button