तपाईँ सुन्दै हुनुहुन्छः

क्यानद्वारा नेपाल टी–ट्वान्टी लिगको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको घोषणा गरेको छ ।

क्यानले बुधवार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको औपचारिक रुपमा घोषणा गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले प्रतियोगिताको औपचारिक घोषणा गर्नुभयो ।

नेपालको आधिकारिक टी–ट्वान्टी लिग रहेको प्रतियोगिता असोज ८ गतेबाट सुरु हुनेछ । टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ ।

होम एन्ड अवेको आधारमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । क्यानले यस अघि नै नेपाल टी–ट्वान्टी लिग आयोजना गर्ने बताएको थियो । तर, औपचारिक घोषणा गरेको थिएन ।

प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिइसकेको छ । प्रतियोगिताको कमर्सियल र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस रहेको छ ।

नेपाल टी–ट्वान्टी लिगको घोषणापछि बोल्दै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले प्रतियोगिताका कारण पर्यटकीय र व्यावसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button