तपाईँ सुन्दै हुनुहुन्छः

दुधौलीको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा काँग्रेसको जित

सिन्धुली । दुधौली नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली काँग्रेसका चन्द्रकिशोर थारु निर्वाचित हुनुभएको छ ।

नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै दनुवार र थारु निर्वाचित हुनुभएको हो । दनुवारले १५ हजार ८३८ तथा  थारुले १४ हजार २१३ मत प्राप्त गर्नुभयो । 

प्रमुखका प्रतिद्वन्द्वी एमालेका लक्ष्मण कार्कीले १० हजार ६३५ तथा उपप्रमुखका प्रतिद्वन्द्वी एमालेकै बालकुमारी अधिकारीले १० हजार ६११ मत प्राप्त गर्नुभयो ।

पराजित अधिकारी २०७४ सालमा उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । चौध वडामध्ये काँग्रेसले सात, एमालेले चार र माओवादी केन्द्रले तीन वटामा जित हासिल गरेको छ । कांग्रेस वडा नं १, ३, ४, ५, ६, ७ र ८ मा विजयी भएको छ । 

यस्तै एमाले उम्मेदवार वडा नं २, ९, १० र ११ मा तथा  माओवादी केन्द्रका उम्मेदवार वडा नं १२, १३ र १४ मा विजयी हुनुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button