तपाईँ सुन्दै हुनुहुन्छः

निजगढ नगरपालिकामा एमालेका उम्मेदवार विजयी 
सिकेन्द्र पासवान

बारा । बाराको निजगढ नगरपालिकामा नगरप्रमुख र उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

एमालेका सुरथ पुरीले ९ हजार ४ सय ७५ मत ल्याई वर्तमान नगरप्रमुख सुरेश कुमार खनाललाई हराउँदै जित हात पार्नु भएको निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले जानकारी दिनुभयो । 

नेकपा एमाले कै उपप्रमुखमा सोममाया थिङले गठबन्धनका उपप्रमुख रबिराज दंगाललाई १ सय ४१ मतले हराउँदै जित हात पार्नु भएकी हो । उपप्रमुख थिङले ८ हजार ६ सय ५९ मत प्राप्त गर्नु भएको थियो । 

गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार सुरेश खनालले ८ हजार ८ सय २३ मत र उपप्रमुखमा रबिराज दंगालले ८ हजार ५ सय १८ मत मात्र ल्याउन सफल भएको हो । पुरी ६ सय ५२ मत बढी ल्याई विजयी हुनु भएको निर्वाचन अधिकृत बरालले भन्नुभयो ।      

प्रतिक्रिया राख्नुहोस्

Back to top button