तपाईँ सुन्दै हुनुहुन्छः

गौर नगरपालिकाका प्रमुख र उपप्रमुखमा एकिकृत समाजवादी 

रौतहट । रौतहटको गौर नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको गृह नगर रहेको गौर नगरपालिकाको प्रमुखमा नेकपा एकिकृत समाजवादीका उम्मेदवार शम्भु साह कानुले ६ हजार ३ सय ८१ मत र उपप्रमुखमा उहाँकै दलका उम्मेदवार शैल कुमारी देवीले ४ हजार ८ सय ९ मत प्राप्त गरी विजयी हुनु भएको छ । 

प्रमुख पदमा निकटतम प्रतिद्वन्द्वी यसअघिका प्रमुख लोसपाका उम्मेदवार अजय गुप्ताले ३ हजार ७ सय ५५ मत र उपप्रमुखमा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार डाक्टर सहजा खातुनले ३ हजार ६ सय ८५ मत ल्याउनु भएको छ । 

नेकपा (एकिकृत समाजवादी)को तर्फ बाट गौर नगरपालिकाको १ नम्बर वडा, २ नम्बर वडा, ३ नम्बर वडा, ४ नम्बर वडा, ६ नम्बर वडा र ९ नम्बर वडामा क्रमशः लालबाबु चौधरी, विनोद साह, मोहम्मद अनसारुल, सञ्जय गिरी, यस्तै ५ नम्बर वडामा स्वतन्त्र उम्मेदवार शिव शङ्कर, ७ नम्बर वडामा लोसपाका शिव शङ्कर यादव, ८ नम्बर वडामा नेपाली काँग्रेसका जनार्दन साह अध्यक्षमा विजयी हुनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button