तपाईँ सुन्दै हुनुहुन्छः

मत परिणाम घोषणा हुनु पूर्व उम्मेदवार खाँण पुगे शोकाकुल परिवारलाई भेट्न

स्याङ्जा । वैशाख ३० गते देशभर निर्वाचनको उल्लास भइरहँदा वालिङ १४ अर्खलबासमा जिप दुर्घटना हुन पुग्यो । दुर्घटनामा गर्भवती महिला सहित १४ जनाको दुखद निधन भयो । सिर्खे गाउँका १४ जनाको निधन हुँदा अहिले गाउँ नै शोकमा छ । नागरिकको दुख सुखमा जनप्रतिनिधि सँगसँगै हुनुपर्छ भन्ने भावना बोकेका नगरपालिकाको मेयरका उम्मेदवार कृष्ण खाँण अन्तिम परिणाम घोषणा हुनु भन्दा पहिलो दुर्घटनामा ज्यान गुमाउनुभएका परिवारलाई भेट्न पुग्नुभयो । 

नगरपालिकामा मतगणना सकाएर घोषणाका लागी तयारी भइरहँदा खाँणले दुर्घटनामा निधन हुनुभएका मृतकका आफन्तलाई समवेदना दिएर फर्केपछि मात्रै निर्वाचनमा विजेता घोषणामा सहभागी हुने भनेपछि उम्मेदवार खाँणको टोली सिखे्र पुग्नुभएको हो । 

उहाँले शोकाकुल परिवारलाई समवेदना व्यक्त गर्दै त्यहाँ सडक स्तरोन्नति गरी थप दुर्घटना हुँनबाट जोगाउने बताउनुभयो । खाँणले परम्परा अनुसार काजक्रिया सकेपछि आफन्त गुमाउनु भएका परिवारलाई र सक्नेजति सहयोग गर्ने बताउनुभयो । 

ठुलो जनधनको क्षति भएको भन्दै यस्तो घटना नहोस् भन्नका लागी त्यहाँको सडक साथै अन्य ग्रामीण सडकको स्तरवृद्धि गरी दुर्घटना हुँनबाट जोगाउने प्रयास गर्ने उहाँको भनाई छ । कार्यक्रममा पूर्व मन्त्री पद्मा अर्यालले स्थानीय सरकारबाट हुने राहत तथा प्रदेश र केन्द्रबाट गर्ने सबैखाले राहतको व्यवस्थाको लागी पहल गर्ने बताउनुभयो । 

दुर्घटना भएको बुधवार छैँठौँ दिनका दिन पूर्व मन्त्री पद्माकुमारी अर्याल, प्रदेश सांसद मोहन रेग्मी, मेयरका उम्मेदवार कृष्ण खाँणलगायतको टोलीले  सिर्खे पुगेर परिवारलाई सान्त्वना तथा समवेदना व्यक्त गर्नुभएको हो । यसअघि घाइतेहरूको उपचाररत अस्पताल गण्डकी मेडिकल कलेजमा पुगेर समेत पूर्व मन्त्री, खाँणलगायतले घाइतेको अवस्थाका बारेमा जानकारी लिँदै उचित उपचार गर्न अस्पताललाई अनुरोध गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button