तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा उपमहानगरमा गठबन्धन र कलैया उपमहानगरमा एमालेको अग्रता


बारा । बारा जिल्लाको दुई वटा उपमहानगरपालिकाहरू मध्ये जीतपुरसिमरामा गठबन्धनको अग्रता शुरु देखि कायम रहँदै आएको छ भने, कलैया उपमहानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । 

जीतपुरसिमरामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका तर्फबाट नगरप्रमुखका उम्मेदवार राजन पौडेलले १८,२३४ मत, गठबन्धन भित्रकै नेपाली काँग्रेसकी उपप्रमुख मेघा शाहीले १५,५३६ एमालेबाट नगर प्रमुखमा सरस्वती चौधरीले १६,६८९ उपप्रमुख भोला अधिकारीले  १६,६७७ मत, लोसपाबाट प्रमुखमा सञ्जय साह ५,२१५ मत, उपप्रमुखमा बिपी मोक्तानले ४९६५ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरि कलैया उपमहानगरपालिकामा नेकपा एमालेका विनोद साहले प्रमुखमा १३,३२१ मत, उप्रप्रमुखमा एमाले कै रौसन प्रविणले ९,३४७ मत, गठबन्धनबाट नेपाली काँग्रेसबाट प्रमुखमा राजेशराय यादवले ८,६५९ मत, गठबन्धन कै जसपाबाट उपप्रमुखमा प्रमोद गुप्ताले ८,१५४ मत, लोसपाबाट प्रमुखमा जयप्रकाश साहले ४५६ मत, उपप्रमुखमा नासरिन नाजले ४९९ मत प्राप्त गनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अग्रता 
काँग्रेस – कोल्हवी, आर्दशकोतवाल, सुवर्ण र महागढीमाई 
एमाले – कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका , प्रसौनी गाउँपालिका 
माओवादी केन्द्र – जीतपुर सिमरा उपमहानगरपालिका 
जसपा – बारागढी र देवताल  
लोसपा – बिश्रामपुर, सिम्रौनगढ 
विवेकशील साझा पार्टी –  फेटा 

वडामा कसले जीत हासिल गर्‍यो त ?
काँग्रेस – ३४ वटा वडा
एमाले – २१ वटा वडा
माओवादी केन्द्र – ७ वटा वडा
जसपा – १५ वटा वडा 
लोसपा – ४ वटा वडा
नेकपा समाजवादी – २ वटा वडा       
विवेकशील साझा – १ वडा
लोकतान्त्रिक समाजवादी पार्टी – १ वडा 

प्रतिक्रिया राख्नुहोस्

Back to top button