तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस काउन्सिलको कानुनी सल्लाहकारमा अधिवक्ता लुइँटेल

काठमाडौँ । प्रेस काउन्सिल नेपालले अधिवक्ता अनन्तराज लुइँटेललाई कानुनी सल्लाहकार नियुक्ति गरेको छ । 

लुइँटेल संवैधानिक मामला, देवानी तथा फौजदारी मुद्दामा दक्खल राख्नुहुन्छ । उहाँ मिडिया सम्बद्ध कानुनमा विशेष दक्खल राख्नुहुन्छ । 

संवैधानिक कानुनमा एलएलएम र राजनीतिक शास्त्रमा एमए गर्नुभएका अधिवक्ता लुइँटेल साढे दुई दशकदेखि मिडिया र अदालतसँग सम्बन्धित गतिविधिमा गहिरो चासो राख्ने कानुन व्यवसायी मानिन्नुहन्छ । उहाँले द हिमालयन टाइम्स दैनिक, राजधानी दैनिक, हिमालय टाइम्स दैनिक, प्रकाश साप्ताहिक र सौर्य साप्ताहिकमा आबद्ध भएर लामो समयदेखि मिडिया स्वतन्त्रताको पक्षमा कलम चलाउँदै आउनुभएको छ ।

उहाँको सहलेखनको मिडिया विधि शास्त्र नामक पुस्तक कलेजहरूमा समेत सन्दर्भ सामाग्रीको रुपमा लिइन्छ भने मिडिया स्वतन्त्रताका विषयमा उहाँका दर्जनौँ लेखहरू प्रकाशित भएका छन् । 

प्रेस काउन्सिल र बार काउन्सिलका प्रकाशनहरूमा समेत उहाँका लेखहरू प्रकाशित हुने गरेको छ  ।

हाल सर्वोच्च अदालत बार एशोसिएशनको कार्यसमिति सदस्य रहनुभएका अधिवक्ता लुइँटेल संवैधानिक कानुन व्यवसायी मञ्चको निवर्तमान महासचिव समेत हुनुहुन्छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button