तपाईँ सुन्दै हुनुहुन्छः

बाराको चार वटा मतदान केन्द्रमा मतदान हुँदै 

बारा । बाराको पचरौता नगरपालिकास्थित चार वटा मतदान केन्द्रमा आज मतदान भइरहेको छ । 

पचरौता नगरपालिका वडा नम्बर २ र वडा नम्बर ४ मा बिहान सात बजेदेखि मतदान सुरु भएको निर्वाचन अधिकृत नीरबहादुर दाहालले जानकारी गराउनु भयो । 

वडा नम्बर २ को बरगाछी र श्री नगरबैरिया प्रावि मतदान केन्द्र तथा वडा नम्बर ४ को बेल्दारीमा रहेको नेरा प्राविको ’क’ र ’ख’ मतदान केन्द्रमा आज मतदान भइरहेको निर्वाचन अधिकृत दाहालले जानकारी गराउनु भयो । यो चारवटै मतदान केन्द्रमा  वैशाख ३० मा भएको मतदान रद्द भएको थियो ।

मतदान भइरहेको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी गराउनु भयो । चार वटा मतदान केन्द्रमा दुई हजार नौ सय ८६ मतदाता रहेका छन् । मतदानको लागि आज बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button