तपाईँ सुन्दै हुनुहुन्छः

बसवरीया गाउँपालिकाको अध्यक्षमा जसपाका राम सिहासन निर्वाचित

सर्लाही । सर्लाहीको बसबरीया गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा) नेपालले जित निकालेको छ । जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा राम सिहासन राय र उपाध्यक्षमा सरिता कुमारी साह निर्वाचित हुनु भएको छ । राम सिहासन रायले ४९४६ मत ल्याएर विजयी भएको छ भने उपाध्यक्षमा सरिता कुमारीले ४७९५ मत ल्याएर विजयी बन्नु भएको छ ।  

राम सिहासनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रामअयोध्या यादवले २८७१ मत प्राप्त गर्नुभयो भने उपाध्यक्षमा सरिता कुमारीको  निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उपाध्यक्ष पदका उम्मेदवार निभा कुमारी साहले ३२३३ मत प्राप्त गर्नुभएको छ । 

यो सँगै सर्लाहीमा १२ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेपाली काँग्रेसले ९ पालिकामा जित निकालेको छ, माओवादी केन्द्रले २ पालिकामा जित निकालेको छ भने जसपाले १ पालिकामा जित निकालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button