तपाईँ सुन्दै हुनुहुन्छः

फिक्कल गाउँपालिकामा एमाले, मरिन र दुधौलीमा गठबन्धन विजयी 

सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी पार्वती सुनुवार ४०६२ मत प्राप्त गरी विजयी बन्न भएको छ । उहाँले गठबन्धनका उम्मेदवार नृप्प बहादुर भुजेललाई पराजित गर्नु भएको हो भुजेलले ४०१७ मत प्राप्त गर्नु भएको छ ।

मरिन गाउँपालिकामा गठबन्धन विजयी 

मरिन गाउँपालिकामा नेकपा माओवादी गठबन्धन विजयीनेकपा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका माओवादी नेता बिर्मश मोक्तानले ५१९४ मत प्राप्त गरी मरिन गाउँपालिकाको अध्यक्ष विजयी हुनु भएको छ । त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकी विमला माझी ५२८१ मतका प्राप्त गरी विजयी बन्नु भएको छ । 

दुधौली नगरपालिका गठबन्धन विजयी 

दुधौली नगरपालिकाको प्रमुखमा नेकपा माओवादी गठबन्धनका दिनेश अधिकारीले १५,८३८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने नेपाली काँग्रेस गठबन्धनका किशोर थारु १४,२१३ मत प्राप्त गरी उपप्रमुखमा विजयी हुनुभएको छ ।

सिन्धुलीमा २ नगरपालिका र ७ गाउँपालिकामा ७९ वटा वडा रहेका छन् । अहिले सम्म ६९ वडा सहित ६ गाउँपालिका र १ नगरपालिको मतगणना सकिएको छ ।  अहिले  कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिकाको १० ओटा वडामा मतगणनाको काम भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button