तपाईँ सुन्दै हुनुहुन्छः

जलवायु परिवर्तनका कारण भारत र पाकिस्तानमा लू को सम्भावना १०० गुणाले बढेको छ : वैज्ञानिकहरू 

लण्डन । विश्वव्यापी जलवायु परिवर्तनका कारण भारतको उत्तर पश्चिम भाग र पाकिस्तानमा हरेक वर्ष हजारौँको मृत्यु हुने तातो हावा लू को सम्भावना १०० गुणाले बढेको बेलायतका वैज्ञानिकहरूले जनाएका छन् । 
 

विश्वव्यापी जलवायु परिवर्तनका कारण उक्त क्षेत्रले सन् २०१० मा जस्तो भीषण लू हरेक ३ वर्षमा सामना गर्नु पर्ने, वैज्ञानिकहरूले उल्लेख गरेका छन् । 

जलवायु परिवर्तन नभएको खण्डमा भीषण तातो हावा लू हरेक ३१२ वर्षमा मात्र एक पटक मात्र आउने वैज्ञानिकहरूले बताएका छन् । आगामी दिनहरूमा भारत र पाकिस्तानका केही स्थानहरूमा अति उच्च तापक्रममा साथै भीषण तातो हावाको प्रक्षेपण गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button