तपाईँ सुन्दै हुनुहुन्छः

ढोरपाटन नगरप्रमुखमा एमालेका नेपाली पुनः विजयी


गलकोट।बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली पुनःविजयी हुनुभएको छ । संयुक्त पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल अर्याललाई ६०० मतले पराजित गर्दै नेपाली दोस्रो कार्याकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

नेपालीले पाँच हजार ७३५ मत प्राप्त गर्दा अर्यालले पाँच हजार १३५ मत प्राप्त गर्नुभएको छ । नगरपालिकाको उपप्रमुखमा पाँच दलीय गठबन्धनका धनबहादुर कायत विजयी हुनुभएको छ । नेपाली कांग्रेसका कायतले पाँच हजार ६५० मत प्राप्त गर्नुभएको छ । ताराकुमारी पुनले चार हजार ४८४ मत प्राप्त गर्नुभएको छ । पुनले नेकपा एमालेको तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button