तपाईँ सुन्दै हुनुहुन्छः

बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी


गोदावरी।कैलालीको बर्दगोरिया गाउँपालिको मत परिणाम आज सार्वजनिक भएको छ । सो पालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । बर्दगोरिया गाउँपालिका प्रमुखमा एमालेका कर्णबहादुर कुँवरले पाँच हजार ८४२ मत ल्याई विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर कठरियाले चार हजार १८६ मत ल्याउनुभयो । उपाध्यक्षमा माओवादीका उम्मेदवार गणेशराज गिरीले चार हजार ५६९ मत ल्याएर विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी इन्दुकुमारी चौधरीले चार हजार २५५ मत प्राप्त गर्नुभयो । एमालेबाट निर्वाचित कुँवर विसं २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारसँग पराजित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button