तपाईँ सुन्दै हुनुहुन्छः

जलजलामा गठबन्धनको जित


म्याग्दी।म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित भएका छन् । मोहनचोकस्थित जलजला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा आज दिउँसो सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षमा कांग्रेसका राजुप्रसाद आचार्य र उपाध्यक्षमा माओवादीका दीपक आचार्य (आकाश) विजयी हुनुभएको हो ।

अध्यक्षमा निर्वाचित राजुले पाँच हजार ६५७ र उपाध्यक्षमा निर्वाचित दीपकले चार हजार ७९२ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा एमालेका लालबहादुर अधिकारीले चार हजार १८४ र उपाध्यक्षमा एमालेकी सुनिता वरुवालले चार हजार ७१५ मत पाउनुभएको छ । उपाध्यक्षमा ७७ मतले वरुवाललाई आचार्यले पराजित गर्नुभएको हो । जलजलाको नौ वटामध्ये पाँच वटामा एमाले, दुई वटामा कांग्रेस र दुई वटा वडामा एमालेले जितेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button