तपाईँ सुन्दै हुनुहुन्छः

डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी


डोटी। डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार बाजीसिंह खड्का (विजय) र उपप्रमुखका उम्मेदवार रहनुभएकी कलावती महर (साउद) निर्वाचित हुनुभएका छ । विगत २५ वर्षपछि नेपाली कांग्रेसले यो नगरपालिकामा विजयी हुन सफल भएको हो ।

नगर प्रमुखमा खड्काले कूल पाँच हजार १३८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीले तीन हजार ५१५ मत प्राप्त गर्नुभएको छ । नगरप्रमुखमा गठबन्धन दलका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र) का खगेन्द्रबहादुर साउद (केबी) ले एक हजार ९८३ मत प्राप्त गर्नुभएको छ । राप्रपाबाट नगरप्रमुखकै उम्मेदवार बन्नुभएका रोशन भण्डारीले ५६, जसपाकी कलादेवी श्रेष्ठले १४, राष्ट्रिय जनमोर्चाका नरेश आलेले ५ र स्वतन्त्र उम्मेदवार अशोक विकले ४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेपाली कांग्रेसबाट उपप्रमुखका उम्मेदवार बन्नुभएकी कलावती महर (साउद) ले चार हजार ७६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुपा कठायतले चार हजार १२९ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा (एकीकृत समाजवादी) का ऐश्वर्या भण्डारी (विष्ट) ले ५७८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button