तपाईँ सुन्दै हुनुहुन्छः

कालीमाटी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

सल्यान । सल्यानको कालीमाटी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ ।

एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनलाई ६२० मतले पछि पार्दै एमालेका दान बहादुर खत्री केसी अध्यक्षमा निर्वाचित भएका हुन । केसीले ३ हजार ७ सय ४१ मत प्राप्त गर्दै दोस्रो पटक निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पुरुषोत्तम भट्टराईले ३ हजार १ सय २९ मत पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै सनसिल्ता ओली डिसी दोस्रो पटक निर्वाचित भएकी छन् । ३ हजार ५ सय ३५ मत प्राप्त गर्दै उनी निर्वाचित भएकी हुन । प्रतिस्पर्धी एकीकृत समाजवादीका ज्ञानेन्द्र बहादुर खत्रीले २ हजार ९ सय ६ मत प्राप्त गरेका छन् ।

२०७४ को चुनावमा पनि खत्री र ओली डिसी नै निर्वाचित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button