बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका चक्र कार्की ४ हजार ९ सय १७ मत ल्याइ विजयी हुनुभएको छ । उपाध्यक्षमा पनि एमालेकै पार्वती कार्की ४ हजार ७८४ मा ल्याइ विजयी हुनुभएको छ ।
यसअघि २०७४ को निर्वाचनमा समेत विजयी भएका उनीहरू पुनः दोहोरिएका हुन् ।
अध्यक्षका प्रतिस्पर्धी काँग्रेसका देवराज जोशीले ४ हजार ९१ र उपाध्यक्षका प्रतिस्पर्धी माओवादीका नवराज भट्टले ३ हजार ६४१ मत ल्याएका छन् ।