तपाईँ सुन्दै हुनुहुन्छः

माईजोगमाई गाउँपालिका अध्यक्षमा एमालेका थेबे निर्वाचित

इलाम । इलामको माईजोगमाई गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कुशबहादुर थेबे निर्वाचित भएका छन् ।

थेबेले ५ हजार १३५ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट एकिकृत समाजवादीका जीतबहादुरले ४ हजार ९१३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसकी प्रविना राई ५ हजार १५९ मत प्राप्त गरी विजयी बनेकी छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सावित्रा भट्टराईले ४ हजार ८८३ मत प्राप्त गरिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button