तपाईँ सुन्दै हुनुहुन्छः

षडानन्द नगरपालिकाको मेयरमा एमालेका उदास र उपमेयरमा माओवादीबाट राई बिजयी

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका मेयरमा नेकपा (एमाले) का सुरेन्द्र उदास ६०९० मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी काँग्रेसका बिरबल राईले ५२८७ मत ल्याउनुभयो ।

उपमेयरमा नेकपा (माओवादी केन्द्र) की प्रमीला राई निर्वाचित हुनुभयो । उहाँले ६६३१ मत ल्याउँदा एमालेकी मेरिका राईले ३९६२ मत मात्र प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button