तपाईँ सुन्दै हुनुहुन्छः

धार्चे गाउँपालिकामा माओवादी केन्द्रका लक्ष्मण गुरुङ विजयी

गोरखा । धार्चे गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहनुभएका लक्ष्मण गुरुङ अध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेपाली काँग्रेसका सन्त बहादुर गुरुङलाई १८०६ मतले पछि पार्दै विजयी हुनुभएको हो । विजयी गुरुङले ३७७१ र प्रतिस्पर्धी गुरुङले १९४५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सुनिला गुरुङ ३७८२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी फूलमाया गुरुङले १९७६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षको मतान्तर १८०६ रहेको छ ।

यसै गरी धार्चे गाउँपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार राकेश गुरुङ विजयी हुनुभएको छ । उहाँले ६१० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार उत्तरमान गुरुङले ३९७ मत प्राप्त गर्नुभएको छ ।

सात वटा वडा रहेको धार्चेमा माओवादी केन्द्रले १,२,४,५ र ७ मा जित हासिल गरेको छ । वडा नम्बर ३ र ६ मा नेकपा एमालेका उम्मेदवारहरू विजयी हुनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button