तपाईँ सुन्दै हुनुहुन्छः

अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको अध्यक्षमा एमालेका चौधरी विजयी

राजविराज । सप्तरीमा अग्नीसाइर कृष्णसवरण गाउँपालिका अध्यक्षमा नेकपा
(एमाले) का दिनानाथ चौधरी विजयी भएका छन् । कुल १२ हजार ४२५ खसेको मतमा चौधरीले ४ हजार ८७४ मत ल्याएका हुन्।

प्रतिस्पर्धी निवर्तमान गाउँपालिका अध्यक्ष परशुराम चौधरीले ३ हजार ८८८ मत पाए । काँग्रेसका परशुराम चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा ३ हजार ३९५ मत ल्याई अध्यक्षमा निर्वाचित भएका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकी कल्पनाकुमारी चौधरीले जित हासिल गरेकी छिन् । कल्पनाले ४ हजार २१६ मत ल्याएर एमालेकी शैलेन्द्रकुमारी लेखी थरुनीलाई पराजित गरेकी हुन् । एमालेकी थरुनीले ३ हजार ४५९ मत ल्याइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button