तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा माओवादी विजयी

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेशकुमार केसीले विजयी हुनुभएको छ ।

उहाँले ५ हजार १ सय २९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका अमरसिंह खड्काले ४ हजार २ सय ९३ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै उम्मेदवार राजकुमारी रेउलेले ५ हजार १ सय ४३ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसकी सृष्टि बाँठामगरले ४ हजार ३ सय १३ मत प्राप्त गर्नुभयो ।

१० वडा रहेको त्रिवेणी गाउँपालिकामा हालसम्म ५ वटा वडामा माओवादी, ४ वटा वडामा काँग्रेस र १ वटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button