२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

निस्दीमा एमालेका थापा पुनः निर्वाचित

रेडियो नेपाल २०७९ जेठ ३ गते ७:१६

रामपुर (पाल्पा)। पाल्पाको निस्दी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार मुक्तबहादुर सारुले छ हजार ६५२ मत प्राप्त गरेर विजयी हुनुभएकोे छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द अर्यालले तीन हजार ४६६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्षमा एमालेकै तीरणकुमारी श्रेष्ठ छ हजार ६०९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । यहाँका सातवटा वडाध्यक्षमा एमालेको प्यानल विजयी भएको छ ।

वडा नं १ मा यमबहादुर राना, २ मा फत्तेसिंह दर्लामी, ३ मा नवीन्द्र थापा सोती, ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गाबहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र ७ मा मुक्तबहादुर पाटा विजयी हुनुभएको छ । कूल १५ हजार ८५ मतदाता रहेको निस्दीमा १० हजार ५१५ मत खसेको थियो । यसभन्दा अघि पाल्पामा पूर्वखोला, तिनाउँ, माथागढी गाउँपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । १० पालिका रहेको जिल्लामा अन्य पालिकाको मत गणना जारी छ ।

सम्बन्धित