तपाईँ सुन्दै हुनुहुन्छः

भगवतीमाई गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी


दैलेख।भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । संविधान जारी भएपछि पहिलो पटक २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेले जितेको गाउँपालिमा यो पटक अध्यक्षमा माओवादीका गणेशबहादुर थापा विजयी हुनुभयो ।

उहाँ दुई हजार ८४६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थापाले नेपाली कांग्रेसका दशरथ खड्का र नेकपा एमालेका शान्तिप्रसाद शर्मालाई पराजित गर्नुभयो । कांग्रेसका खड्काले दोस्रो स्थानमा रहेर दुई हजार २०३ मत ल्याउँदा तेस्रो स्थानमा रहेका एमालेका शर्माले एक हजार ९३४ मत प्राप्त गर्नुभयो । गाउँपालिकाको अध्यक्षमा विजयी थापा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पराजित हुनुभएको थियो ।

यता, गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मीनाकुमारी खड्का विजयी हुनुभएको छ । गाउँपालिकाको उपाध्यक्षमा विजयी खड्काले दुई हजार ६८३ मत ल्याउँदा प्रत्याशी नेकपा माओवादी केन्द्रकी मनिषा सोनी विकले दुई हजार २४७ र नेकपा एमालेकी वसन्ता शाहीले एक हजार ९२२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button