तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाको लुङ्ग्री गाउँपालिकामा माओवादी केन्द्र विजयी

रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ ।

गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार भरत कुमार थापाले ४ हजार ५ सय ९६ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार जनक खड्काले ३ हजार २ सय ६७ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपाध्यक्ष पदमा नेकपा माओवादीकी उम्मेदवार दिलकुमारी गुरुङले ४ हजार ३ सय ६० मत प्राप्त गरी विजय हासिल गर्नुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी मुन्नीदेवी रोका क्षेत्री ३ हजार २ सय ५४ मत पाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button