तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुलीको घ्याङलेख गाउँपालिका अध्यक्षमा काँग्रेसका जगत भोलन निर्वाचित

सिन्धुली । सिन्धुलीको घ्याङ लेख गाउँपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसका जगत भोलन अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

उहाँ २१०२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । प्रतिद्वन्द्वी एमालेका चतुरमान लोले १३८३ मत र कांग्रसकै बागी उम्मेदवार गणेशबहादुर पुलामीले ११९४ मत ल्याउनुभएको थियो ।

उपाध्यक्षमा गठबन्धनबाटै माओवादी केन्द्रका शङ्करमान घलान २९८३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी नेकपा एमालेकी प्रमिला वाइवाले १५२८ मत प्राप्त गर्नु भएको थियो ।

५ वडा रहेको घ्याङ लेख गाउँपालिकामा वडा नं. १, २, ४ र ५ मा माओवादी केन्द्रको प्यानल र वडा नं. ३ मा एमालेले जित हासिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button