तपाईँ सुन्दै हुनुहुन्छः

ब्रह्म पुरी अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका साह र यादव विजयी

सर्लाही । सर्लाहीको ब्रह्म पुरी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसबाट रामपदार्थ साह र उपाध्यक्षमा श्यामकला देवी यादव विजयी भएका छन् ।

अध्यक्षमा साहले ४ हजार ६ सय ६८ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा श्यामकला यादवले ४ हजार ६ सय १० मत ल्याएर विजयी भएकी छन् । साहका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार विनोद कुमार साहले ३ हजार २ सय ७१ मत प्राप्त गरे भने उपाध्यक्ष साहको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीकी गीता देवी रायले ३ हजार ३ सय ११ मत प्राप्त गरेकी ब्रह्म पुरी गाउँपालिकाका निर्वाचन अधिकृत केशव गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button