तपाईँ सुन्दै हुनुहुन्छः

देवघाट गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका तिलबहादुर थापा ४ हजार ३०६ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका दुर्गबहादुर थापाले ३ हजार ४८३ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका भुवनसिंह गुरुङ ३ हजार ७२१ मत प्राप्त गरी विजयी भएका छन् । गुरुङका प्रतिस्पर्धी नेकपा एमालेका सावित्री न्यौपानेले ३ हजार ४६७ मत प्राप्त गर्नुभयो ।

देवघाट गाउँपालिकामा नेपाली काङ्ग्रेसले ३ र नेकपा (एमाले) ले २ वटा वडामा विजय हासिल गरेका छन् । काङ्ग्रेसले वडा नम्बर २, ३ र ५ जितेको छ भने एमालेले १ र ४ वडा जितेको छ ।

कूल १२ हजार ८१५ मतदातामध्ये गाउँपालिकामा ८ हजार ६४७ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button