तपाईँ सुन्दै हुनुहुन्छः

१० मतान्तरले पालिका अध्यक्षमा कांग्रेसका महेन्द्र कुँवर विजयी

तम्घास । गुल्मीको मदाने गाउँपालिकामा १० मत अन्तरले गठबन्धनबाट नेपाली कांग्रेसका महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित हुनुभएको छ । 

सोमबार दिउँसो आएको मतपरिणामअनुसार कुँवरले चार हजार ७०७ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेम केसीले चार हजार ६९७ मत ल्याउनुभएको छ । 

उपाध्यक्षमा भने एमालेकी सरिता खड्काले जीत हासिल गर्नुभएको छ । 

खड्काले चार हजार ५६५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाटै नेकपा(माओवादी केन्द्र)का वेगम चन्दले चार हजार २११ मत प्राप्त गर्नुभएको छ । गाउँपालिकाका सात वडामध्ये १, ३, ४, ६ र ७ वडामा कांग्रेस एवम् वडा नं २ र ७ वडामा एमालेले वडाध्यक्ष जितेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button