तपाईँ सुन्दै हुनुहुन्छः

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु

बुटवल । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवारबाट व्यावसायिक उडान सुरु भएको छ ।

file photo

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै रुपन्देही जिल्लाको भैरहवामा नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भई उडानको शुभारम्भ गर्नुभयो ।

कुल ७६.१ मिलियन अर्थात् ७ अर्ब ६१ करोडको लागतमा निर्माण सम्पन्न विमानस्थलमा नेपाल सरकारको २ अर्ब ८० करोड, एसियाली विकास बैकको दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास आयोजनाको ऋण तथा अनुदान गरी ३ अर्ब ७० करोड तथा ओपेक विकास कोषको १ अर्ब १० करोड ऋण रकम लगानी रहेको छ ।

पहिलो चरणको पूर्वाधार निर्माण सम्पन्न भएसँगै विमानस्थलको दोस्रो चरणको निर्माणको काम पनि अघि बढ्ने विमानस्थल निर्माण आयोजनाले जनाएको छ ।

काठमाडौँमा साँघुरो भएको विमानस्थलको उडान चाप कम गर्न तथा लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटनको हबको रुपमा विकास गर्न विमानस्थलले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने पर्यटन व्यवसायीहरूले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button